रूपन्देही : रूपन्देहीमा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरूद्ध भएको छ ।
आइतबारदेखि रूपन्देहीमा परिरहेको पानीले देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो।
यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए।
रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत क्षेत्रमा आइतबारदेखि पानी परेको छ।