४४ वर्षीया महिलालाई बलात्कार गर्ने १७ वर्षीय किशोर पक्राउ

तनँहु : ईलाका प्रहरी कार्यालय बन्दीपुरले ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

जवर्जस्ती गरेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।