कोरोना संक्रमणबाट एकै दिनमा एक हजार जनाको मृत्यु

काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । यद्यपि रुपमा पछिल्लो साता रुपमा संक्रमणको दर बढ्दो छ ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसपमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन् ।

शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘संक्रमण बडिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नदगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ ।’

यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको डरका कारण आफ्नो अभ्यास छाडेका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।

Facebook Comments