एजेन्सी । हालसालै ताइवान चर्चामा आएको छ, यसको मुख्य कारण चीनसँगको तनावपूर्ण सम्बन्ध र देशले प्राप्त गरेको नयाँ विश्वव्यापी समर्थन हो।
तर, यहाँ अझ धेरै अनौंठो घटना घटेको छ, जसले ताइवानतर्फ जनताको आँखा घुमाएको छ। यहाँ तीन वर्षको बालिकाको भिडियोले चंगाको साथ उडान गर्दै गरेको देखेर सबै मानिसहरु छक्क परेका छन्।
यो सत्य हो। रिपोर्ट अनुसार, बालिका आइतबार ताइवानको समुद्री तटमा ननिलिआओ भनिने चंगा उत्सवमा भाग लिने क्रममा यस्तो द्र्श्य देखिएको हो। एउटा बालिका चंगाको साथ उडिरहेको भिडियोमा उनलाई लामो सुन्तलाको चंगा समातिएको देखिन्छ र त्यसपछि एक क्षणमा उनी हावामा फनफनी घुम्छिन । अचानक हावाको वेग तीव्र भएपछि उनी सुन्तला रङको चंगासँगै उडेकी थिइन्।
बालिका चंगामा ३० सेकेण्डभन्दा बढी घुमेकी थिइन्। चंगासँगै उडेकी बालिकालाइ मानिसहरूकै भीडमा झारिएको थियो। ती बालिकालाई निकै प्रयास गरे पछि तल झारियो। कुनै क्षति भएन। यस घटना पछि,सिन्चु शहरका मेयर लिन चीह-चियानले सार्वजनिक माफी माग्दै सबै गतिविधिहरु बन्द गराए ।
बालिकालाई नगरपालिका अधिकारीहरूको सहयोगमा अस्पताल लगियो। उनको कुनै ठूलो चोटपटक लागेको छैन। मेयरले त्यस्ता दुर्घटनाहरू फेरि हुनबाट रोकिनेछ भनेर घटनाको समीक्षा गर्ने आश्वासन दिए।
Terrifying moment a child at a kite festival in Hsinchu, northern Taiwan gets tangled up in a kite and lifted fifty feet up into the air. pic.twitter.com/YAPL545yAn
— Mike Fagan (@MikeFaganTaiwan) August 30, 2020




Facebook Comments