‘ओली सरकारका कारण चार सुकुम्वासीले गुमाए ज्यान’

काठमाडौं । सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएकोमा सरकारको आलोचना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारण भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ।

यस्तै, उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.