मनोज गजुरेलले किन गरे दोस्रो विवाह ?

काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेलले सोमबार दोस्रो विवाह गरेको सामाजिक संजालमा जानकारी दिएका छन्। उनले न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन्।

यसअघिकी श्रीमती मिना ढकालसँग उनकै माग अनुसार सम्बन्ध विच्छेद गरेका मनोजले वैवाहिक जीवनमा नयाँ अध्याय सुरु गरेको बताएका छन्। उनले आफ्ना छोराछोरीले विवाह गर्न दबाब दिएकाले आफूसँग मिल्ने महिला विवाह गरेको जनाएका छन्।

उनले भनेका छन्,‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ। जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो। त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो।’

‘यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं। अगाडि आईपर्ने सुरदुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो’ उनले भनेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.