नेकपा एकीकृत समाजवादीले कुन कुन प्रदेशमा मुख्यमन्त्री पाउँदै ?

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबण्डाले सार्थकता नपाईरहेको बेला नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री माधव नेपाल नेतृत्वको नेकपा समाजवादीलाई दिने सहमति भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

यसअघि बसेको सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गरेको थियो । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो ।

नेकपा समाजवादीबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । संघीय सरकारको मन्त्रालय भागबण्डामा हेपिएको भन्दै नेकपा समाजवादीले असन्तुष्टी जनाएपछि दुई प्रदेशका मुख्यमन्त्रीको भागबण्डा पनि प्याकेजमै मिलाइएको स्रोतले जनाएको छ ।

गठबन्धनको सहमति अनुसार नेकपा समाजवादीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, कानुन न्याय तथा संसदीय मामिला र सहरी विकास मन्त्रालय छुट्याइएको छ ।

Facebook Comments