अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

एजेन्सी । धेरै बलिउकर्मीहरु विज्ञापनबाट पनि राम्रो कमाई गर्छन्। छोटो समय र राम्रो पैसा मिल्ने भएपछि नामी कलाकारहरु पनि विज्ञापन गर्नका लागि तयार हुन्छन्।

यससँगै उनीहरु बेलाबेला ट्रोलको शिकार हुन्छन्। अहिले विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको विज्ञापनका लागि चर्चामा आएका छन्। यी दुबैलाई ट्वीटरका प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन्।

उनी विक्की कौशलको अण्डरवियरको पित्ता हेरिरहेकी छिन्। विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता हेर्न यति मुग्ध हुन्छिन् कि उनले गन्न नै बिर्सिन्छिन्। विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन्। त्यतिबेला टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ।

यसअघि पनि यस्तै केही विज्ञापनमा प्रयोगकर्ताले रिस देखाइसकेका छन्। हालै वरुण धवन पनि एक अण्डरवियरका लागि फिचर भएका थिए, उनलाई पनि प्रयोगकर्ताले बाँकी राखेनन्।रश्मिका र विक्कीको यो विज्ञापनबारे एक प्रयोगकर्ताले लेखे, ‘आमूल माचोको एउटा विज्ञापन निकै खराब थियो। यो एक तरिकाले निकै सस्तो विज्ञापन हो।’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘यदि यहाँ जेन्डरलाई फेरिएको हो भने महिलावादीले नायकलाई प्रतिबन्ध गरिदिन्थे। उनलाई केही भन्न बाँकी राख्दैनथे । पुरुषमाथि घृणायुक्त प्रतिक्रिया आउनेछन् र ट्वीटरमा पुनः यो अभियान चलाइनेछ । पैसाका लागि जे पनि गर्ने ?’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.