नेपालमा कोरोना : थप एक हजार ७८ जनामा संक्रमण पुष्टि, कति भए निको ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ७६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २१० जनाको एन्टीजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ९११ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८०२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३६६ संक्रमित छन् भने ३५३ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

Facebook Comments