यी २१ जिल्लामा हुँदैछ १८ गते कांग्रेसको अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । क्रियाशील विवाद नरहेका र हिउँ पर्ने, चिसो अध्याधिक हुने २१ जिल्लामा अधिवेशन गर्न लागेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले यसअघि नै हिमाली जिल्लाको जिल्ला अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको थियो । जिल्ला अधिवेशनका लागि वडा, पालिका तथा प्रदेश र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन हुनुपर्छ । तर, केही जिल्लामा वडा तहकै अधिवेशन सुरु हुन सकेको छैन ।

धेरै जसो जिल्लामा भने वडाको अधिवेशन सकिएको छ भने पालिका र प्रदेश तथा क्षेत्रको अधिवेशनको तयारी तीव्र छ । ६४ जिल्लामा वडा अधिवेशन सकेको कांग्रेसले करिब ६० जिल्लामा गाउँरनगर अधिवेशन सम्पन्न गरिसकेको छ ।

Facebook Comments