कार्यवाहक भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र कार्यवाहक भारतीय राजदूत नामग्या सी. खम्पाबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदानप्रदानबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ।

यस्तै, दूतावासका अनुसार भेटवार्ताका क्रममा ऊर्जा क्षेत्रमा चलिरहेको द्विपक्षीय सहयोग र यस क्षेत्रमा थप सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।