खाजा घरमा यौनधन्दा, संचालक र ग्राहक रंगेहात पक्राउ

चितवन । महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर यौन धन्दा गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले धादिङ थाक्रे गाउँपालिकाका ४२ बर्षीय विकास भन्ने भोजबहादुर तामाङ, ३४ बर्षीया बिपना तामाङ र बारा सिहसनीका २८ बर्षीय राजेश चौधरीलाई पक्राउ गरेको हो।

भरतपुरको लायन्स चोकस्थित बिकास खाजा घरमा महिलाहरूलाई राखेर यौन धन्दा गराउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

खाजा घरका संचालक बिकासले २ जना महिलालाई लुगा धुने, खाना पकाउने र सरसफाईलगायतको काम गर्न भनेर राखेका थिए। त्यसपछि दबावमा पारेर खाजा घरमा आउने ग्राहकहरुसंग यौनकार्यमा उनीहरुले लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार पक्राउ परेका चौधरी भने उक्त खाजा घरका ग्राहक हुन् ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको पनि डीएसपी थापाले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.