चीनमा फेरि फैलियो कोरोना संक्रमण, बाहिर निस्कनमा लगाइयो प्रतिबन्ध

बेइजिङ । चीनको दक्षिणपूर्वी शहर सियामेन प्रान्तमा कोरोना संक्रमण पुनः फैलिएको छ । कोरोनोको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सियामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।

शनिबार सूचना जारी गर्दै प्रान्त सरकाले स्थानीय बासिन्दालाई अत्यावश्यक कामवाहेक घरबाट ननिस्कन, पार्क एवं अन्य सार्वजनिक स्थलहरु बन्द गर्न, भीडभाड नगर्न, होटल, रेष्टुरेन्ट र चाडपर्वका कार्यक्रम बन्द गर्न, यात्रा नगर्न निर्देशन दिएको छ ।

चीनमा मध्य अगष्टदेखि सुरु भएको चाडपर्वमा मानिसहरुले भीडभाड गर्दा चीनका विभिन्न क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको बताइएको छ ।

लामो समयपछि चीनमा कोरोना संक्रमण बढेको हो । पछिल्लो १० दिनमा चीनमा ३०० भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । अहिले चीनका करिब १५ प्रान्त कोरोना संक्रमणबाट प्रभावित भएका छन् । यससँगै चीनको सरकारले धेरैभन्दा धेरै मानिसको परीक्षण तथा लकडाउनजस्ता कदम चालेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो समय संक्रमण बढ्नुमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट मुख्य कारण हो । त्यस्तै डेढ महिनाअघि चीनको हुवेई प्रान्तको वुहान सहरमा पनि कोरोना संक्रमण फैलिएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.