भारतद्वारा मकवानपुरमा ९० लाखको विद्यालय भवन निर्माण

काठमाडौं । भारतको आर्थिक सहयोगमा मकवानपुर जिल्लामा विद्यालय भवन निर्माण भएको छ । ८९ लाख ७० हजारमा निर्माण सम्पन्न भएको श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

भारत सरकारको तर्फबाट महावाणिज्य दूतावास, वीरगंजको महावाणिज्यदूत नितेश कुमार र नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समिति, मकवानपुर, विद्यालय व्यवस्थापन समिति तथा स्थानिय प्रतिनिधिहरूद्वारा संयुक्तरूपमा उक्त नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको हो ।

भारत सरकारको अनुदान, ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत, १० कक्षा कोठा, फर्निचर तथा सरसफाई संसाधन सहित २ तल्ले उक्त विद्यालय भवन निर्माण भएको हो ।

यो परियोजना भारत सरकार र नेपाल सरकार बीच सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा लिइएको थियो।

वर्तमान समयमा उक्त विद्यालयमा ३ सय ५५ विद्यार्थीहरु पठन पाठन गरिरहेका छन्। भवन विद्यालयका आवश्यकताहरुलाई ध्यानमा राखी निर्माण गरिएको हो । र यसले छात्र–छात्राहरुका लागि शिक्षाको वातावरणलाई टेवा पुग्ने शिक्षकहरुले बताएका छन् ।

यस विद्यालय भवनको उद्घाटन भारत सरकार द्वारा आजादीको ७५ बर्षगाँठ मनाउन “आजादी का अमृत महोत्सव” अन्तर्गत सुरू गरिएका विभिन्न गतिबिधिहरूमा एक कोशेढुङ्गा साबित भएको महावाणिज्य दूतावास, वीरगंजले जनाएको छ।

यस विद्यालयको निर्माणका लागी भारत सरकारको वित्तीय सहायता भारत र नेपाल सरकार द्वारा शैक्षिक पूर्वाधारको वृद्धिसंग जोडिएको महत्व झल्काउने गरेको छ ।

श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोला (बागेरी) मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको थियो

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.