सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि सम्बन्धी आयोग गठन गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले गठन गरेको भूमि आयोग खारेज गरेको देउवा सरकारले मंगलवार नयाँ आयोग गठन गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत साउन १९ गते आयोग विघटन गरिएको थियो । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय भूमि आयोग २०७८’ गठन गरेको छ ।

आयोगको अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला नियुक्त भएका छन् । निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका थिए ।

आयोगमा माओवादीलाई समेत भागबण्डा दिइएको छ । आयोगको उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ ।

अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले आज बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ ग्रहण गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार ३ जना विषय विज्ञ र २ जना सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

बाँकी सदस्यमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० नेपाललाई समेत समेटिने भएको छ ।

आयोगमा ७ प्रदेशबाट १र१ जना सदस्य र केन्द्र सरकारले तोकेका सहसचिव सदस्यसचिव रहने व्यवस्था गरिएको छ । आयोगको सिफारिसमा सरकारले जिल्ला समितिमा संयोजक र २ सदस्य समेत मनोनयन गर्ने भएको छ । बाँकी ३ सदस्य जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख तथा सदस्य सचिवमा जिल्ला समन्वय समितिका सचिव रहने व्यवस्था गरिएको छ ।

आयोगका अध्यक्षलाई राज्यमन्त्री सरह र सदस्यहरूलाई विशिष्ठ श्रेणी सरहको सेवा सुविधा दिने निर्णय सरकारले गरेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.