पोखरामा डान्सबार, दोहोरीलगायत रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्दै

काठमाडौं । बैशाख तेस्रो सातादेखि पोखरामा जारी भएको लकडाउन खुलेको छ। जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। अब पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका हुन् ।

निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बुधबार जारी गरेको आदेशमा भनिएको छ, ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराई राति १ः३० बजेसम्म सञ्चालन गर्न सकिने ।’

यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार अब थप समयसम्म खोल्न पाइने भएको छ। कास्कीमा वैशाख तेस्रो सातादेखि दोस्रो चरणको निषेधाज्ञामा कडाइ गरिएको थियो । प्रशासनले असार ७ गतेदेखि कास्कीमा सार्वजनिक बसमा जोरबिजोर प्रणाली लागू गर्दै निषेधाज्ञा खुकुलो बनाएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.