यी हुन् युवा संघका केन्द्रीय सदस्य कटुवाल जसले जग्गा पास गरिदिने भन्दै लाखौं ठगे

काठमाडौँ । महानगरीय अपराध महाशाखाले ६८ लाख ९० हजार रकम ठगी गरेको आरोपमा युवा संघका एक केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ। ठगीमा संलग्न एक जना अझै फरार रहेका छन्।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान न.पा. ९ घर भई हाल काठमाडौँ बस्ने ३६ बर्षीय रुसिल कटुवाल रहेका छन् । कटुवाललाई महाशाखाको टोलीले मंगलबार कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका कटुवाल युवा संघका केन्द्रीय सदस्य हुन्। यस्तै, फरार हुनेमा नुवाकोट जिल्ला घर भइ तारकेश्वर २ बस्ने धिरजकुमार दाहाल रहेका छन्।

महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका कटुवाल र दाहालले मिलेर सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ केरावारीमा रहेको जग्गा बिक्रि गर्ने बिषयमा बैनामार्फ़त ६८ लाख ९० हजार लिएर फरार रहेका थिए।

उनीहरुविरुद्द ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो । कटुवाल र दाहाल मिलेर पीडित अधिकारीलाई जग्गा पास गर्दिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

पक्राउ परेका कटुवाललाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको र फरार रहेका दाहालको खोजी भइरहेको एसपी कोइरालाले जनाए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.