काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने ओलीको सचिवालयले जनाएको छ।
‘हामी कतिपय कुराहरू सम्बोधन नभइ सर्वदलीय बैठकमा सहभागी हुँदैनौ,’ ‘सचिवालयका एक सदस्यले भने, ‘गठबन्धन एकातिर हामी एकातिर भएका छौँ ।सर्वदलीयमा सहभागी हुँदैनौ । एकातिर गठबन्धन र एकातिर हामी भयौँ भने मात्रै छलफलमा बस्न सक्छौँ ।’
सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमाले सभामुखसँग असन्तुष्ट छ ।












Facebook Comments