एजेन्सी । पछिल्लो समय चीनले छिमेकी मुलुकहरुमा सीमा अतिक्रमण र घुसपैठलगायतको कार्य गर्दै आएको छ ।
सोही क्रममा जापानको समुद्री इलाकामा चीनले घुसपैठ गरेको छ । जापानले पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको आरोप लगाएको छ ।
जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको गतिबिधि पत्ता लगाउने क्रममा चीनमाथि शंका गरेको हो । जापानले भन्यो, ‘चिनियाँ जहाजहरु नियमित जापानी क्षेत्रमा गुज्रिरहेका छन् । पनडुब्बी घुसपैठ एक सामान्य घटना होइन।’
पनडुब्बी जहाजको गतिको निगरानीका लागि जापानले एक युद्धपोत र विमान पठाइएको पनि जनाएको छ। चीनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। पूर्वी चीन सागरका केही टापुहरुमा दुई देशहरुबीच सीमा विवाद चल्दै आएको छ।