पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ५ विकेट गिरेको छ।

नेपालका लागि पाँचौं सफलता लेग स्पिनर सन्दीप लामिछानेले दिलाएका हुन्। खेलमा सन्दीपको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीपले ३ ओभर बलिङ गर्दा ३ रन दिएर २ विकेट चट्काएका हुन्।

नेपालका लागि त्यसअघि सोमपाल कामी, बिक्रम सोबले एक–एक विकेट लिएका थिए। पिएनजीका एक खेलाडी रन आउट भएका थिए।
हाल पिएनजीले १४ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन बनाएको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।

Facebook Comments