एजेन्सी । अमेरिका आफ्नो संसाधनहरू चीनमा केन्द्रित गर्नुपर्ने भएपछि जो बाइडन अफगानिस्तानबाट बाहिरिनु परेको हो । उनले भनेका थिए, ‘अमेरिकाले २१औं शताब्दीको प्रतिस्पर्धामा उछिन्नुपर्नेछ ।’ यो कसरी चलिरहेको छ त ?
दुई साता अघि, जब बाइडन काबुललाई खाली गराउन कसरत गर्दैथे, उनकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी एकजुटतालाई पुष्टि गर्न दक्षिण-पूर्व एसियाको यात्रासमेत गरिन् । उनले भनेकी थिइन्, ‘हामीलाई बेइजिङमा दबाव बनाउने र दबाव बढाउने उपाय खोज्नु आवश्यक छ ।’
त्यसको केही दिनपछि, संसारभर अमेरिकाले अफगानिस्थानलाई अपमान गरिरहेको सन्दर्भमा बहस भइरहँदा चीनले अर्को तयारी गरिरहेको थियो । चीनको समुद्री सुरक्षा प्रशासनले नयाँ कानुन एकतर्फी रुपमा लागू गर्ने घोषणा गर्यो । जसमा विदेशी शिपिङलाई कुनै पनि जलमा प्रवेश गर्न पहिला सूचना दिनुपर्ने व्यवस्था छ । यो सैन्य मात्र नभई चीनकोसबै ‘प्रादेशिक जल’मा वाणिज्य सिपिङ गर्दा समेत लागू हुन्छ ।
वोलोङगङ विश्वविद्यालयका सेन्टर फर ओशन रिसोर्सेज एन्ड सेक्यूरिटीका प्रोफेसर स्टुअर्ट काएका अनुसार, ‘जानेर बुझेर अस्पष्टता’का रुपमा यस्तो जल निर्देशिका प्रकाशित गरिएको थिएन। तर हामीलाई थाहा छ की चीनको परिभाषामा दक्षिण चीन सागरको विशाल क्षेत्र पनि समावेश छ । जहाँ उसका पाँच छिमेक मुलुकले आ-आफ्नै दाबी पेस गरेका छन् । संसारकै मूल्यवान वाणिज्यिक धमनीहरूमध्येको एक, शिपिङ मार्ग पनि समावेश छ । जहाँ अस्ट्रेलिया, जापानसहित कतिपय मुलुकको व्यापारिक जीवन रेखा पनि हो । बेइजिङ पूर्वी चीन सागरमा जापानी प्रशासित सेनकाकुद्वीप समूहमा पनि आफ्नो दाबी गरिरहेको छ ।

सिंगापुरमा एस राजारत्नम स्कूल अफ इन्टरनेशनल स्टडीजका रिसर्च फेलो कोलिन कोहले भन्छन्,’चीनको नयाँ कानुनमा बेइजिङलाई एउटा यस्तो कानुनको प्रयोग गरिएको छ, जुन समुद्र कानुनमा संयुक्त राष्ट्र सम्मेलनअनुसार हुनु हुँदैन ।’ यो वर्ष बेइजिङद्वारा प्रख्यापित एक अन्य कानूनले चीनको तट रक्षक जहाजहरूको विदेशी जहाजहरूमाथि आगो लगाउनसमेत अनुमति दिइएको छ । यसको उपयोग हुन बाँकी छ ।’
यस बीच, चीनले साना छिमेकी मुलुकहरूलाई धम्काउनकालागि थुप्रै हत्कन्डा अपनाएको छ । यो युद्धभन्दा कम सबै उपायहरूको उपयोग गर्दै विजेता बन्ने सि जिनपिङको ग्रे जोन दृष्टिकोणको हिस्सा हो ।
कतिपयले यसलाई ‘सलामी स्लाइसिङ’ पनि भनेका छन् । यो टेक्निकका एक चिनियाँ प्रस्तावक मेजर-जनरल झाङ झाओझोङले यसलाई क्षेत्रीय अधिग्रहणको रूप वर्णन गर्दै भने, ‘एउटा बन्दागोभी जसरी पत्र-पत्रगरी जोडिएको छ, पहिला वाणिज्यिक जहाजहरू, फेरी प्रशासनिक जहाज, तट रक्षक र अंततः चीनको नौसेना ।’
जुलाईमा अमेरिकी विदेश मन्त्री, एन्टनी ब्लिंकनले भने, ‘दक्षिण चीन सागरको तुलनामा अधिक खतरामा नियम-आधारित समुद्री व्यवस्था छैन । पीपुल्स रिपब्लिक अफ चाइना दक्षिण-पूर्व एशियाली तटीय राज्यहरूको यो महत्वपूर्ण वैश्विक बाटोमा नेभिगेसनको स्वतन्त्रताका लागि खतरा पैदा गर्ने र डर त्रासका लागि जारी छ ।’
अमेरिका नयाँ कानुनको बारेमा के गरिरहेको छ, जुन चीनका अनुसार विदेशी ध्वजावाहक शिपिङ र अन्य अनिर्दिष्ट माध्यमहरूमा जरिबाना लगाएर लागू गरिँदैछ?
पेन्टागनले यसमा ध्यान नदिने संकेत दिइसकेको छ । पछिल्लो हफ्तामा एक प्रवक्ताले भने, ‘दक्षिण चीन सागरसहित अवैध / व्यापक समुद्री नेभिगेसन र ओभरफ्लाइट, फ्रि ट्रेड र वाणिज्यको स्वतन्त्रतासहित समुद्रको स्वतन्त्रताका लागि एउटा गम्भीर खतरा पैदा गर्छ ।’
वास्तवमा अस्ट्रेलियाको रक्षा विभागले चीनको माग समेत खारेज गरिसकेको छ । ‘यो महत्वपूर्ण छ कि यस्तो कुनै पनि आवश्यकता अन्तरराष्ट्रीय कानुन, विशेष रूपमा यूएनसीएलओएसको अनुरूप छ,’ एक प्रवक्ताले भने ।
अस्ट्रेलियाली सामरिक नीति संस्थानका निर्देशक पीटर जेनिंसले भने, ‘वाणिज्यिक शिपिङसँग कुनै विकल्प छैन – उनीहरूले त्यसलाई स्वीकार गर्नै पर्नेछ । खासगरि यदि उनीहरूका लागि क्षेत्रीय सरकारहरूबाट कुनै ब्याकअप मिलेको अवस्था छैन ।’
बाइडन प्रशासनले बारम्बार भनिरहेको छ की उसले चीनसँगको टकरावमा अस्ट्रेलियलाई मैदानमा एक्लै छोड्दैन । तर पनि अमेरिकी कम्पनीहरू चीनको व्यापार प्रतिबन्धको फाइदा उठाइरहेको छ । अस्ट्रेलियाको कोइला, बीफ र वाइन कारोबारमा गिरावट आएसँगै अमेरिकी व्यवसाय आफ्नो पाइला चालिरहेको छ ।
जलवायु परिवर्तनका क्षेत्रबारे अमेरिका र चीनबाट सहयोग गरिने अपेक्षा राखिएको थियो । बाइडनका जलवायु दूत जोन केरीले पछिल्लो हप्तामा चीनमा दुई दिन बिताएका थिए । र सिको शासनमा कार्बन उत्सर्जनमा अंकुश लगाउने योजनालाई तीव्रता दिने प्रयास गरिएको थियो । चिनियाँ विदेश मन्त्री वाङ यीले त्यसलाई अस्वीकार गरे ।
बाइडनले अहिलेसम्म चीनसँग जुझ्न एउटा प्रभावकारी उपाय सोच्नन सकेको छैन । यदि यो वास्तवमा ‘२१औं शताब्दीको प्रतिस्पर्धा’ हो भने अमेरिकालाई अधिक प्रतिस्पर्धी हुनु आवश्यक छ ।’












Facebook Comments