अर्थमन्त्रीकी धर्मपुत्रीले बोकिन् वडाअध्यक्षका छोराको गर्भ!, २ वर्षदेखि पटक-पटक बलात्कार गरेको खुलासा

रुकुमपश्चिम । अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर बालगृहमा भर्ना गरिएकी एक बालिका दुई वर्ष यता निरन्तर बलात्कारको शिकार भएको खबर सार्वजनिक भएको छ।

जिल्लाको आठबिसकोट नगरपालिकामा सञ्चालित सिस्ने हिमाल बालगृह सन्चालिका सुनिता चनारा तथा आठबिसकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चनाराका कान्छो छोरा रवि भनिने कुश्माकर चनाराले आफूलाई पटक पटक करणी गरेको पीडित बालिकाले बताएकी छिन्।

बालिकाका अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा सन्चालिका सुनिताले आफूहरुलाई आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । उनले वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा चारो हाल्न नियमित लगाएको बताएकी छन् ।

सोहि बेला कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा (रवि)ले पछाडिबाट आएर मुख थुनी जबरजस्ती करणी गरेर कहिँ कतै भनेमा मारिदिने धम्कि दिएको पीडित बालिकाले बताएकी छन् ।

२०७७ सालको लकडाउनदेखि २०७८ को लकडाउनको बेलासम्म पटक पटक बलात्कार गरेको र अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।

भदौ १९ गतेका दिन आठबिसकोटको नगर अस्पतालमा गराईएको स्वास्थ्य जाँचमा पनि बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।

भदौ १७ गतेका दिन आफू कोठामा पढिरहेको बेला वडा अध्यक्ष गंगाराम चनाराले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै ती बालिकाले बलात्कार गर्ने रवि,वडा अध्यक्ष गंगाराम चनारा र वालगृहको सञ्चालिका सुनितामाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।

२०७४ सालमा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका त्यो बेलामा कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित गृहमा बसिरहेका १२ जना अभिभावकबिहिन बालबालिकालाई २०७६ सालमा जनार्दन शर्माले अभिभावक बनेर बिद्यालय भर्ना गरेका थिए ।

Facebook Comments