तालिबानले काबुललाई कब्जामा लिएपछि बुर्का लगाएर रिर्पोटिङ गर्न बाध्य महिला पत्रकार

काबुल । तालिवान त्रासका कारण अहिले काबुलको दृश्य केही भिन्न देखिन्छ । सैलुन, ब्यूटी पार्लर र टेलरका भित्ताबाट युवतीका तस्विर हटाउन थालिएको छ भने विज्ञापनका होर्डिङ बोर्ड हटाइएको छ ।

काबुलमा रहेर अन्तर्राष्ट्रिय संचारमाध्यममा रिर्पोटिङ गर्ने महिला पत्रकारहरुले पनि बुर्का लगाउन थालेका छन् । तालिवानले अफगानिस्तान कब्जा गर्नुअघि बुर्का बिनै रिर्पोटिङ गर्ने उनीहरु सोमबारदेखि भने बुर्का लगाएरै रिर्पोटिङमा खटिएका छन्।

केहीदिनअघि बुर्काबिनै रिर्पोटिङ गरेकी सीएनएनकी क्लारिसा वार्डले सामेबारदेखि फिल्डमा उत्रँदा मुस्लिम महिलाले जस्तै पहिरन लगाउन थालेकी छिन् । ‘तालिवानहरुले अमेरिकाविरोधी नारा लगाएका थिए, त्यही बेला उनीहरु मप्रति फेन्ड्ली पनि देखिए’ बुर्खा लगाएर रिपोर्टिङमा खटिँदाको अनुभव उनले सुनाइन् ।

तर, वार्डले त्यसरी गरेको रिर्पोटिङको अमेरिकाभित्रै विरोध भएको छ । टेड क्रुज लगायतका रिपब्लिकन सांसदले बुर्खा लगाएर गरिने रिर्पोटिङको विरोध गरेका छन् । सीएनएनबाहेकका अन्य अन्तर्राष्ट्रिय मिडियाका महिला रिपोर्टरले पनि बुर्का लगाएरै रिर्पोटिङ गरिरहेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.