नेपालमा कोरोना : थप ३२ सय बढी जनामा कोरोना पुष्टि, कति निको भए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४५६ र ६ हजार १२४ जनाको एन्टीजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर्र हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २७ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ५७५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार २९६ भने ७९० जना आइसियुमा र १९१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४१५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.