आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।

भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ ।

यसैगरी, बिहीबार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.