पोर्न फिल्म प्रकरण : अभिनेत्री शर्लिन चोपडासँग सोधपुछ, राज कुन्द्रामाथि गम्भीर आरोप

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा पोर्नोग्राफीको केसमा न्यायिक हिरासतमा छने। यस घटनाबारे दिनप्रतिदिन नयाँ खुलासा भइरहेको छ।

रा कुन्द्रासँग जोडिएको मामिलामा आज अभिनेत्री शर्लिन चोपडालाई सोधपुछका लागि बोलाइएको छ। शर्लिनलाई प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको हो।

शर्लिनले पनि राज कुन्द्रामाथि विभिन्न आरोप लगाएकी थिइन्। शर्लिनका अनुसार राज कुन्द्राले उनलाई वयस्क फिल्म क्षेत्रमा धकेलेका हुन्। राजले नै उनलाई वयस्क फिल्ममा काम गर्न भनेका थिए। सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको थियो।

शर्लिनले अप्रिल २०२१ मा राजविरुद्ध एफआईआर दर्ता गरेकी थिइन्। शर्लिनका अनुसार राज २७ मार्च २०१९ मा उनको घर आएका थिए। राजले उनीमाथि जबरजस्ती गरेको पनि आरोप लगाएकी छन्।

शर्लिनले राजलाई विवाहित पुरुषसँग सम्बन्ध नराख्ने र व्यवसायलाई निजी जीवनसँग नमिसाउने बताएको दाबी गरेकी छन्। जवाफमा राजले आफ्नो पत्नी शिल्पासँग सम्बन्ध बिग्रिएको र घरमा तनाव रहेको बताएको पनि शर्लिनको दाबी छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.