एजेन्सी । हिडन रुट्स नाम गरेको ट्विटर ह्यान्डलले यूरोपभरि भारत विरोधी प्रचार अभियानहरुको बारेमा खुलासा गरेको छ। पाकिस्तानी विदेश मन्त्रालय अन्तर्गतको रणनीति सञ्चार महाशाखाले भारतविरुद्धको विभिन्न भ्रमहरु फैलाएर प्रचार प्रसार गरिरहेको खुलासा भएको छ ।
अगस्त ५ लाई उत्पीडन दिवसको रुपमा मनाउने र यसका लागि विभिन्न योजनाहरु बनाइएको पाइएको हो । यस सन्दर्भमा पाकिस्तानको विदेश मन्त्रालयले विश्वभर रहेको आफ्ना मिसनहरुमा पठाइसकेको बताइएको छ ।
अभियानको उद्देश्य सबै आधुनिक डिजिटल मिडिया प्लेटफर्महरुको उपयोग गरेर भारतविरुद्ध अधिकतम प्रचार गरेर प्रभाव बनाउनको लागी रहेको बताइएको छ ।
पाकिस्तानले काश्मीरको घाटीको एक काल्पनिक घेराको आडमा भारत विरोधी (हिन्दू विरोधी र साम्प्रदायिक दुई राष्ट्र सिद्धान्त) अभियान पश्चिमी मुलुकहरुमा सञ्चालन गरेको हो । योम ए इस्तहलको कार्यान्वयन गर्न, र भारतविरुद्ध घृणा फैलायने अभियानको सबै कार्यहरुको समन्वय को लागि काश्मीरको लागि अन्तर्राष्ट्रिय गठबन्धन नामबाट एक छाता संगठन स्थापित गरीएको छ ।
पाकिस्तान प्रायोजित र समर्थित गैरसरकारी संगठनहरु, पैरवीकर्ताहरु, कूटनीतिज्ञहरु, ईयूका सांसदहरु, अमेरिकी कांग्रेसीहरु साथै पाकिस्तानी डायस्पोराका प्रतिनिधिहरुलाई भारतविरुद्ध घृणा फैलाउनका लागि परिचालन गरिएको पाइएको हो ।
भारतीय मिशनहरुमा अगस्त ५ मा अधिकतम संख्यामा मसाल जुलुस गर्ने र आन्दोलन गर्ने योजना बनाइएको खुलेको हो । यसका लागि सामाजिक सञ्जालमा नेटवर्कसमेत बनाइएको छ । एकै नामबाट टिवटर ह्यान्डल र फेसबुक पेज बनाएर इमेलसमेत खोलिएको र यही माध्यमबाट नेटवर्कमा जोड्ने काम भइरहेको पाइएको हो ।
माथि उल्लेखित निर्देशनहरु पहिले नै पाकिस्तानी विदेशी मिशनहरुलाई पठाइएको छ र अगस्त ५ मा ट्वीट गरिने नाराहरुको सूची पनि जारी गरिएको छ ।
करिब २० वटा नाराहरुको सूचीत ट्वीट् गर्नका लागि दुबै अंग्रेजी र रोमन भाषामा तयार पारिएका छन् । जसमा काश्मीरमा रक्तपात रोक्न विश्व अगाडि आओस् भन्नेजस्ता नाराहरु तयार पारिएका छन् ।
जुलाइ २६ मा पीओकेमा विधान सभाको धांधली चुनावको एक दिनपछि नीलम उपत्यका शारदामा अर्धसैनिक बलद्वारा एक युवकको हत्या भएको थियो भने पीओके पुलिस जवानसहित २५ भन्दा बढी घाइते भएका थिए । पाकिस्तानले आफ्नै मुलुकभित्र यसरी उत्पीडन गरिरहेको समयमा भारतविरुद्ध घृणा फैलाउनका लागि अगस्त ५ लक्षित षड्यन्त्र बुनिरहेको पाइएको हो ।
