सामान्य तारेखमा छुटिन् ज्वाला संग्रौला

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् ।

जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा उनलाई सामान्य तारेखमा छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए ।

उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।