यस्तो छ विदेशी मुद्राको आजको विनियमदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७४ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८० पैसा र विक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ १८ पैसा र विक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३२ पैसा र विक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

आज साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा पुगेको छ ।