काठमाडौंमा १० जना महिलासहित २९ जना जुवाडे

काठमाडौं । कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।

१४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।