सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी

काठमाडौँ । गोरखा जिल्लाको सीमा क्षेत्रमा रहेका चिनियाँ सेनाले स्थानीयलाई सीमा आसपास कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन्। तिब्बतको जोङ्बो काउन्टीका चिनियाँ सेनाका अधिकारीले सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

जुन ८ मा चिनियाँ सेना अधिकारी र चीनसँगको सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का जनप्रतिनिधहरुसँगको छलफलमा सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक स्थानीयले भने,’चिनियाँ सेनाका अधिकारीहरुले छलफलका लागि बोलाए । छलफलका क्रममा दुई देशलाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।’ चिनियाँ सेनाको चेतावनीपछि स्थानीय आक्रोशित बनेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.