बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गरेको छ ।
चीनमा कडाइ गरिएपछि कतिपय कम्पनीहरुले चीनबाहिर तथा अन्य मुलुकहरुमा कारोबार गर्न लागेकोसमेत जनाइएको छ। ठूला सञ्चालकहरुले चीनमा आफ्नो कार्यलाई रोकिसकेका छन् भने कयौंले रोक्ने कामलाई अघि बढाएका छन् । तर, केही साना माइनरहरु तथा घरमा नै व्यक्तिगत कम्युटरमा मात्रै सञ्चालन गरिरहेकाहरुले भने निरन्तरता दिइरहेका छन् ।
चिनियाँ अधिकारीहरुले पनि यसरी व्यक्तिगतरुपमा सञ्चालन भएकाहरुलाई सम्भवतः नियमन नगर्नसक्ने भएकोले उनीहरुले निरन्तर सञ्चालन गर्ने बताइएको छ ।
चीनको भित्रि प्रान्त मंगोलिया, सिन्जियांग र सिचुआनमा भने कुनै पनि कम्पनीहरु सञ्चालन नहुने जनाइएको छ । त्यहाँ सबैभन्दा कडाइ गरिएका कारण उक्त क्षेत्रमा सञ्चालनमा रहेका सबै कम्पनीहरु बाहिरीसकेका छन् ।
ठुला विटकाइन कम्पनीहरु उत्तर अमेरिका र मध्य एसियाली क्षेत्रमा आफ्नो कारोबार सञ्चालन गर्न लागेको बताइएको छ । चीनले पछिल्लो समय गरेको कडाइले सबैभन्दा ठूलो मूल्यमा गिरावट आएको थियो । करिब ६५ प्रतिशतले मुलुकमा क्रिप्टोकरेन्सीमा गिरावट आएको हो ।











Facebook Comments