मन्त्री झालाई कालो झण्डा देखाउने ३ जना पक्राउ

रौतहट । खानेपानी तथा सरसफाइ मन्त्री अनिलकुमार झालाई कालो झण्डा देखाउने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा-५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताए ।

रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध गरेको थियो ।

दुई धारमा बाडिएका मधेशवादी दलको उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षको विरोध गर्दै आइरहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.