क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि अनुसन्धान शुरु गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उनीमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.