अवैध चिनियाँ आप्रवासीहरू चीन फर्किँदै

लाओ काइ । लाओ काइ अन्तर्राष्ट्रिय बोर्डर गेटको बोर्डर स्टेशन र उत्तरी प्रान्त लाओ काइको सार्वजनिक सुरक्षा विभाग अन्तर्गत अध्यागमन व्यवस्थापन कार्यालयले मे २९ मा १६ जना चिनियाँ नागरिकलाई चीनको युनान प्रान्तस्थित हेकोउ जिल्लाका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएकाहरु सबै पुरुष चिनियाँ नागरिकहरू रहेका थिए । उनीहरु १८ देखि ३५ वर्ष उमेर समूहका थिए । उनीहरु चीनको विभिन्न सहरबाट अवैधरुपमा भियतनाम प्रवेश गरेका थिए । गत मार्चमा प्रवेश गरेका उनीहरुलाई पश्चिमी प्रान्त ताइ नेनबाट अप्रिलमा पक्राउ गरिएको हो ।

मे २६ मा लाओ काइ प्रहरी र लाओ काइ अन्तर्राष्ट्रिय बोर्डर स्टेसनले थप चार अवैध चिनियाँ आप्रवासीहरूलाई चीनतर्फ नै फिर्ता गरेको थियो । उनीहरुलाई चीन पठाउनुअघि कोरोना परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

चीनमो ज्यादती बढ्न थालेपछि अवैधरुपमा छिमेकी मुलुक प्रवेश गर्नेक्रम बढेको छ । यसलाई रोक्न चीन सरकारले भने कुनै पहल गरेको छैन । नागरिकहरुमाथिको दमनलाई चीनले थप बढावा दिइरहेको छ ।