बर्दिया । गुलरिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद पासीले तस्करीको सामानमा मेरो कुनै संलग्नता नभएको बताएका छन्।
उनले भने,’टेपरी स्थित भारतबाट अबैधरुपमा तस्करी गरी सोही गाउका सुन्दर प्रसाद थारुको घरमा लुकाइ छिपाइगरी राखेको अवस्थामा बरामद भएको हार्डवयरका सामानको तस्करीमा मेरो कुनै संलग्नता छैन।’
उनले तस्करहरुले मेरो नामको दुरुपयोग गरेको बताए। उनले भने, ‘सशस्त्र बेसक्याम्प ३१ नम्बर गण मातहत फरवार्ड वेस टेपरिबाट सप्रसनी वीर बहादुर चन्द्को कमाण्डमा खटिएको टोलीले बरामद गरेको उक्त तस्करीको सामानमा मेरो कुनै संलग्नता छैन।’