नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री दिएको छ। नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्।

रथी प्रभुराम शर्माले स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बुझेका थिए । हस्तान्तरण कार्यक्रममा रथी शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे।

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याईएको थियो ।

Facebook Comments