बेलायती महारानी एलिजावेथले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतकी महारानी एलिजावेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ।

उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबारमा भेटवार्ता हुने तय भएको बेलायती राजदरबारले जनाएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत जाने कार्यक्रम छ। सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने तय भएको हो।

राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिलो विदेश भ्रमण हो । विश्व राजनीति र अर्थतन्त्रमा महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.