माधव नेपालको अडान, ओलीले संसद विघटनको निर्णय फिर्ता लिए मात्र पार्टी एकता सम्भव

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको मुद्दा फिर्ता लिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

नेपालले ओलीविरुद्धको हस्ताक्षर आफूले फिर्ता नलिने अडान लिएका छन् । ओलीले संसद विघटनको गलत निर्णय लिएँ भनेर स्वीकार गर्नुपर्ने र जनतासँग माफी माग्नुपर्ने नेता नेपालको भनाइ छ ।

आफ्नो कामको सार्वजनिक रुपमा आत्मलोचना गर्नुपर्ने उनले बताए । आफूलगायत नेताहरुलाई पार्टीको साधारण सदस्यबाट निकाल्ने ओलीको निर्णय अवैधानिक भएको नेपालले बताए ।

ओलीले जेठ १० गते नेता नेपाल, भीम रावलसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेका थिए । नेपालले आज ११ बजे आफू पक्षीय स्थायी कमिटीको भर्चुअल बैठक बोलाएका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.