कोरोना संक्रमणबाट एक प्रहरी हवल्दारको मृत्यु

विराटनगर। कोरोना भाइरस संक्रमणबाट एक जना प्रहरी हवल्दारको निधन भएको छ। निधन हुनेमा जिल्लाको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत विराटनगर महानगरपालिका ३ का ४० वर्षीय प्रहरी हवल्दार वेदराज भण्डारी रहेका छन्।

पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका उनलाई जेठ ३ गते संक्रमणले च्यापेपछि विराटनगरको कोशी अस्पतालस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो, बीचमा केही समय रिपोर्ट नेगेटिभ आएको उनमा पुन: जेष्ठ १६ गते रिपोर्ट पोजिटिभ देखिएको थियो।

स्वास्थमा थप समस्या देखिएपछि भेन्टिलेटरमा उपचारररत हवल्दार भण्डारीको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.