काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ ।
सुन अघिल्लो सातोको अन्तिम दिन शुक्रबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ मा झरेको छ । चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।











Facebook Comments