काठमाडौं । चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर संक्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन्।
खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउँन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको हो ।
चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान काठमाडौं महानगरपालिकाले जनाएको छ ।
जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियान प्रत्येक वडामा खोप केन्द्र तोकिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।