भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

एजेन्सी । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले शनिबार ड्रग २–डीआँकसी–डी ग्लुकोज (२–डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुनेछ । यो औषधि प्रयोग गरिएका संक्रमितको आरटी–पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो ।

यो औषधिले संक्रमणको बृद्धि रोकेर संक्रमितलाई चाँडो निको हुन मद्दत गर्ने दाबी गरिएको छ । २–डिजी लाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा. रेड्डीज ल्याबरेटोरीको मद्दतले तयार गरेको हो । सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो।

१७ अस्पतालमा ११० संक्रमितमा दोस्रो चरणको ट्रायल
डीजीसीआईले मे २०२० मा कोरोना संक्रमितमाथि २–डीजी को दोस्रो चरणको क्लिनिकल ट्रायल शुरु गरेको थियो । अक्टोबर २०२० सम्म चलेको ट्रायलमा २–डीजी सुरक्षित पाइएको थियो । यसले संक्रमितलाई चाँडो निको हुन मद्दत गरेको पाइएको थियो । दोस्रो चरणको ट्रायल ए र बी फेजमा गरिएको थियो । यसमा ११० जना संक्रमितलाई सामेल गरिएको थियो । फेज २–ए मा ६ अस्पताल सामेल थिए भने फेज २–बीमा ११ अस्पतालका संक्रमित सामेल थिए ।

२२० संक्रमितमा तेस्रो चरणको ट्रायल
त्यसपछि डिसेम्बर २०२० देखि मार्च २०२१ सम्म २२० जना संक्रमितमा तेस्रो चरणको ट्रायल गरिएको थियो । यो परीक्षण दिल्ली, यूपी, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक र तमिलनाडुका २७ अस्पतालमा गरिएको थियो । परीक्षणको तेस्रो दिनमा नै संक्रमितको अक्सिजनमाथिको निर्भरता ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशत भएको थियो । यो औषधिले ६५ वर्षमाथिका बिरामीमा पनि सकारात्मक प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो औषधी धुलोको रुपमा पाइनेछ जसलाई पानीमा घोलेर संक्रमितलाई पिउन दिइने मिडिया रिपोर्टमा उल्लेख छ । यो औषधि मानिसको कोषिकासम्म पुगेर संक्रमणलाई फैलन रोक्ने बताइएको छ । दैनिक भास्कर

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.