रसुवामा पनि जारी भयो निषेधाज्ञा

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि भन्दै रसुवामा पनि निषेधाज्ञा लागू भएको छ।

दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

अत्यावश्यक कामबाहेक घरबाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना संक्रमण नियन्त्रणमा सबैक्षेत्रको सहयोगको अपेक्षासमेत गरेका छन्।

पहिलो चरणअन्तर्गत जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिभर औषधि पसल चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ भने अत्यावश्यक खाद्यान्न बिहान ६ देखि ९ बजेसम्ममात्र बिक्री वितरण गर्न पाइनेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.