पाकिस्तानमा बालिकालाई तीन वर्षदेखि यौन शोषण गरेको आरोपमा मुस्लिम धर्मगुरु

पाकिस्तान । पञ्‍जाव प्रान्तको रावलपिण्डीमा तीन वर्षदेखि एक स्थानीय धर्म गुरु र उनका शिष्यले एक बालिकालाई तीन वर्षदेखि यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको छ ।

ती बालिकाको नग्‍न तस्बिरहरु खिचेर यौन शोषण गरेको आरोपसमेत लगाइएको छ । उक्त घटना ताम्मान प्रहरी चौकीको क्षेत्रभित्र अवस्थित चकवाल जिल्लाको ढोके फुलारी गाउँको मस्जिदको परिसरमा भएको बताइएको छ ।

पीडितहरुमा चार बालिका र एक बालक रहेको अनुसन्धानका क्रममा पाइएको छ । प्रहरीका अनुसार उनीहरुले सुरुमा आफूहरुले त्यस्तो अपराध गरेको स्वीकार नगरे पनि हाल पनि स्वीकार गरेको पाइएको छ ।

यद्यपि ती दुई संदिग्ध व्यक्तिहरूले केही कुरालाई लिएर मतभेद उत्पन्‍न गरे, जसले गर्दा उक्त घटनालाई फिल्माउने दोस्रो संदिग्ध पुलिसले जघन्य अपराधको खुलासा भएको छ ।

उनले प्रहरी नायब उपरीक्षक (डीएसपी) तलागङ सिकन्दर गोंडाले धर्म गरु र उनका साथीले १० देखि १२ वर्ष उमेरका चार बालिका र एक बालकलाई यौन दुर्व्यवहार गरेको कुरा बताए । उनले पुलिस अफिसरलाई भिडियो पनि देखाए जसको आधारमा अन्यलाई पनि पक्राउ गरिने जनाएको छ । ख यौन शोषण गरेको आरोपमा धर्मगुरु र उनका शिष्य पक्राउ