ताइवानबिरुद्ध चीनको दबाब प्रतिरोध गर्ने पलाउको घोषणा

एजेन्सी । प्रशान्त महाशागरस्थित पलाउका राष्ट्रपति सुरेङगल ह्विप्सले ताइवानबिरुद्ध चीनको दबाबको प्रतिरोध गर्ने बताएका छन् ।

ताइवानसँग कुटनीतिक निकटता नराख्न चीनको दबाबको पलाउ ले प्रतिरोध गर्ने राष्ट्रपति ह्विप्सले बताएका हुन् । प्रशान्त महासागरस्थित पलाउ ले कुटनीतिक सम्बन्धका लागि चीन भन्दा ताइवानलाई प्राथमिकता दिँदै आएको छ ।

ताइवान बिरुद्ध चीनको यस्तो दबाबले आफुलाई कुनै असर नगर्ने राष्ट्रपति ह्विप्सले बताएका छन् । चिनियाँ प्रभाव रोक्न अमेरिकाले पलाउसँग सम्बन्ध थप बलियो बनाउने प्रयास गरिरहेको बेला राष्ट्रपति ह्विप्सले पलाउमा थप अमेरिकी सैन्य उपस्थिती हेर्न चाहेको पनि बताएका छन् ।

विश्वको सवैभन्दा साना मुलुकहरु मध्ये एक पलाउ माथि कसैले दबाब दिन र निर्णय बदल्न नसक्ने ह्विप्सले बताए । चीनसँग निकट सम्बन्ध रहेको प्रतिस्पर्धीलाई हराउँदै ह्प्सि गत बर्ष पलाउको राष्ट्रपति चुनिएका हुन् । स्रोत साउद चाईना मर्निङ पोष्ट