सांसदहरुको पीसीआर परीक्षण गरिने

काठमाडौँ । संघीय संसद सचिवालयले बुधबार र बिहीबार संघीय संसद अन्तर्गत रहेका राष्ट्रिय सभा र प्रतिनिधि सभाका अध्यक्ष, सभामुखसहित सम्पूर्ण सदस्य, कर्मचारी, मर्यादापालकको पीसिआर परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेका दिन राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा वैशाख २२ गते बुधबार र २३ गते बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पीसीआर परिक्षण गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ ।

बुधबार सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरु, संघीय संसदका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र संसद सुविधा व्यवस्थापन शाखाका कर्मचारीहरु, संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु र सभामुख, अध्यक्ष र उपाध्यक्षको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको परीक्षण हुनेछ ।

यस्तै २३ गते बिहीबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिलासम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरू, स्वकीय सचिव लगायतका कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट जाँच गर्ने लगायतका सुरक्षाकर्मीको पीसीआर परीक्षण गर्ने कार्यतालिका बनाइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.