आइपीएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ।

आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.