यस्तो छ मंगलबार तपाईंको दिन

विसं २०७८ साल वैशाख २१ गते मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–अष्टमी, ३१ घडी ४४ पला, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त नवमी । नक्षत्र–श्रवण, १९ घडी ५२ पला, दिउँसो ०१ बजेर २१ मिनेट उप्रान्त धनिष्ठा । योग–शुक्ल, ४८ घडी ३८ पला, रातको १२ बजेर ५१ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त कौलव, बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०५ पला । भौमाष्टमीव्रत, गोरखकालीपूजा ।

राहुकाल
दिउँसो ०३ बजेर १९ मिनेटदेखि बेलुकी ०४ बजेर ५९ मिनेटसम्म रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) धर्म कर्ममा मन जाने हुनाले दिनभरजसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सेवा प्रभाह गर्नेहरूलाई रिजाएर महत्त्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा आर्थिक सहयोग हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरूको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आमा सरहका मानिससँग विवाद बढ्ने योग छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगबाट फाइदा हुनेछ । माया–प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आफन्त तथा सहयोगीको साथ पाइने हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइलेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सामाजिक काम समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोकिएर बसेका काम सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रूपमा सुदृढ हुने समय छ । विद्यार्थीहरूले आफ्नो प्रतिस्पर्धीलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर खिच्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा काम थाती छन् । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी मनग्य धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.