भारतलाई आपूर्ति गराउन भनेको स्वास्थ्य उपकरणमा चीनले लगायो रोक

एजेन्सी । केही दिनअघि चीनले सार्वजनिक रूपमा भारतलाई कोरोना भाइरससँग लड्नको लागि सहयोग गर्ने बताएको थियो। तर पछि चीनले अक्सिजन कन्डेन्टर्सलगायत महत्वपूर्ण कोभिड-१९ को सामाग्री आपूर्तिमा रोक लगाएको छ।

यो विषयलाई भारतीय बलिउड सेलेब्रिटी सोनू सूदले सामाजिक सञ्जाल मार्फत उठाएपछि चीनको यस्तो रवैयाको सबैतिर आलोचना भइरहेको छ।

भारतले कोरोना महामारीको दोस्रो लहरसँग सामना गरिहेको छ। भारतमा अहिले अक्सिजनको कमी देखिएको छ।

भारतले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने मेडिकल अक्सिजन ल्याउन हरेक कोणबाट कोशिस गरिरहेको छ। चीनले भारतलाई कोभिड-१९ सँग लड्नमा सहयोग गर्नको लागि विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने बाचा गरेपनि अहिले उक्त बस्तुहरुको आपूर्ति रोकि दिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतले खरिद गरेको विभिन्न स्वास्थ्य उपकरणहरुको आपूर्ति चीनले रोकि दिएको छ। जसले भारतमा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ।

चीनले भारतमा सबै कार्गो उडानहरू रोकेको छ। जसले भारतलाई चाहिने आवश्यक स्वास्थ्य उपकरणहरु पाउन बाधा पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.